दर्शक–श्रोताको माया बटुल्दै रमेश विश्वकर्माको नयाँ गीत `पल्टन कश्मीरमा´

0 364

महेश बोहरा, बैशाख २६, गुल्मी ।
सांगीतिक क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक रमेश विश्वकर्माले नयाँ गीत “पल्टन कश्मीरमा” सार्वजनिक गरेका छन्। जीवनका अनुभूति र समाजका कथा बोकेको यो गीतले दर्शक–श्रोताहरूको मन जित्न थालेको छ। शब्द र स्वर स्वयम् रमेश विश्वकर्माको रहेको यो गीतमा संगीत संयोजन चर्चित गायक तथा सर्जक ओम सेञ्चुरीले गरेका छन्। गायनमा उनलाई चर्चित गायिका रञ्जिता विश्वकर्माले साथ दिएकी छन्।

साहित्य, संगीत र भावनाको समायोजन गरिएको यो गीत Bright Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा राहुल राइ, कुसुम भण्डारी, सन्तोष थापा, र पुनम गुरुङको अभिनय देख्न सकिन्छ, जसले भिडियो पक्षलाई समेत सशक्त बनाएको छ।

सानैदेखि गीत–संगीतमा रुचि राख्ने रमेशको जन्म गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका–८, सल्यारमा भएको हो। पछि उनी बसाइँसराइ गरि आफ्नो बाल्यकाल झुर्ममा बिताएका हुन । बाल्यकालदेखि नै संगीतप्रेमी रहेका उनी हाल बुटवलमा बसोबास गर्दै संगीत यात्रा अघि बढाइरहेका छन्।

ad

यो नयाँ गीत आउनु अघि उनले “चरि बनैमा”, “दशैं आयो तिहारै आयो”, र “मनमै रह्यो चोट” जस्ता लोकप्रिय गीतमार्फत पनि दर्शक–श्रोताको मन जितिसकेका छन्। उनका हरेक सिर्जनाले गाउँ, संस्कृति र संवेदनालाई उजागर गर्दै आएको छ।

रमेशको सिर्जनामा लोक भाव, सरलता र यथार्थ जीवनका कथा मिसिन्छन्, जुन कारण उनका गीतहरू गाउँघरदेखि सहरसम्म गुञ्जिन्छन्। यसपटकको गीत पनि त्यही यात्राको अर्को खुड्किलो बनेको छ।

संगीतलाई जीवन मानेका रमेशले अबका दिनमा अझ विविध र मौलिक सिर्जनाहरू ल्याउने संकेत दिएका छन्। संगीतप्रेमीहरूका लागि यो नयाँ गीत एक मिठो सन्देश र अनुभूति बोकेको सन्देशवाहक बनेको छ।

भिडियोमा हेर्नुहोस :

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।