गुल्मी सेवा समाज कतारको अध्यक्षमा मित्र बि. एस् निर्वाचित

0 171

अजय खड्का
लण्डन |
गुल्मी सेवा समाज कतारको अध्यक्षमा मित्र बि. एस् निर्वाचित हुनुभएको छ । मे ३० शुक्रबार दशौँ अधिवेशन बाट गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेका मित्र बि.एस् अध्यक्षमा निर्विरोध निवाचित हुनुभएको हो ।

अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनबाट समाजको बरिस्ठ उपाध्यक्षमा सुरज चन्द, उपाध्यक्षद्धय देब लम्साल, दर्शन सुनार,सचिव कुमार राहाडि मगर सह–सचिव रमेश पछाई, कोषअध्यक्ष कमल खत्री र महिला संयोजक कल्पना घर्ती निर्वाचित भएका छन् । यस्तै ९ सदस्यीय समाजको सदस्यहरुमा दुर्गा माझी, गोपाल पछाई ज्ञान बहादुर शाही, भिम बहादुर पाण्डे, सुरेस परियार, दिपक घिमिरे, मान बहादुर कार्की, गिरि प्रसाद दर्लामी मगर र सम्शेर सुनार रहेका छन् ।

ad

रोजगारीको शिलशिलामा कतार पुगेर आफ्नो जिल्ला बासी दाजुभाई दिदबहिनीहरुलाई एकबद्ध बनाएर बिभिन्न किसिमका दुःख सुखमा हातेमालो गर्नको लागि “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता निस्स्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नारा सहित सन २००३ मा स्थापना गरिएको हो । समाजले आपत बिपतमा परेका नेपाली कामदारहरुको उद्धार गर्दै आइरहेको छ । साथै गुल्मी जिल्लामा भएका प्राकृतिक प्रकोप लगाएत विभिन्न पिडितहरुको सहयोग गर्ने कार्यमा जिल्लामा अग्रस्थानमा रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।