महेश बोहरा,
गुल्मी — गुल्मीको चन्द्रकोट–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (see) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई बिद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई एवं शुभकामना ब्यक्त गरिएको छ । विद्यालयका निशान भण्डारीले ४.०० जीपीए प्राप्त गर्दै जिल्लामै उत्कृष्टता हासिल गरेका छन् भने पालिकामा प्रथम स्थान प्राप्त गरेका छन् । त्यस्तै, निशान्त पौडेलले ३.९६ जीपीएसहित दोस्रो स्थान प्राप्त गर्दा निशा शर्मा ३.९१ जीपीएसहित तेस्रो स्थानमा रहेकी छन्। साथै, मौसम सर्मा (३.८४), सन्देश शर्मा (३.८०), सुप्रिया शर्मा (३.६२) र रेखा थापा (३.६२) लगायतका विद्यार्थीहरुले पनि उल्लेखनीय सफलता हासिल गरेका छन्।
यस सफलतामा बिद्यार्थी र अभिभावकलाई नौमती बाजागाजा सहित हर्षोल्लासपूर्वक बजार परिक्रमा गराई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको थियो । सो कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले उत्कृष्ट नतिजाले पालिकाको शैक्षिक प्रतिष्ठा अझ उचो बनाएको बताउँदै विद्यार्थीहरुको मिहिनेत र विद्यालयको लगनशीलता प्रशंसनीय भएको बताउनुभयो । आगामी दिनमा पनि चन्द्रकोट गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधार र प्रवद्र्धनमा निरन्तर साथ र सहयोग पु¥याउने उहाँको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, शिक्षा शाखा प्रमुख नयनसिङ ठकुरी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धाचानन्द शर्माले उत्कृष्ट नतिजा ल्याएका सम्पूर्ण विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई र धन्यवाद व्यक्त गर्दै निरन्तर प्रगतिको शुभकामना दिनुभएको छ । विद्यालय परिवारले सम्पूर्ण सफल विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि यस्तै उपलब्धि कायम राख्न प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरेको छ । विद्यालय व्यवस्थापन समितीको सक्रिय सहकार्य, शिक्षकहरुको लगनशील परिश्रम र अभिभावकको विश्वासपूर्ण सहयोगले विद्यार्थीलाई नियमित पठनपाठनमा प्रोत्साहित गर्दै उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ। यस्तो समन्वय र सहकार्यले आगामी दिनमा अझ राम्रा उपलब्धि हासिल गर्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य गोकर्ण शर्माले बताउनुभयो ।