गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशन साउन १० गते हुने,प्रचण्डले सम्बोधन गर्ने

0 208

साउन ९ गुल्मी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशन श्रावण १० गते हुने भएको छ । काठमाडौको बत्तिसपुतलीमा रहेको सगुन ब्याङ्केटमा शनिवार हुने पाँचौ अधिवेशनमा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन । प्रचण्डले सम्बोधन गर्ने पक्कापक्की भएको र सम्पुर्ण तयारी पुरा भएको गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष सन्दिप भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) का दोस्रो र तेस्रो तहका नेताहरु ,सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज यशोधा सुबेदी अध्यक्ष श्रीकृष्ण अधिकारी ‘बिबेक’,लुम्बिनि प्रदेश अध्यक्ष सुदर्शन बराल , प्रदेश सभा सदस्य यमु गैरे ,गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामु, पुर्व जिल्ला संयोजक तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका जन सम्पर्क विज्ञ बुद्धि जिसी सहित जिल्लाका अन्य नेताहरुको सहभागीता रहने छ ।
त्यस्तै मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मन्जु दर्लामी सहित माओवादी निकट जनप्रतिनिधिहरु उपस्थित हुनेछन् ।
पाँचौ अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । २०६४ सालमा स्थापन भएको यस संगठनले राजनीति तथा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
पाँचौ अधिवेशन सम्म आइपुग्दा माओवादी प्रती आस्था राख्ने नेता तथा कार्यकर्तामा उत्साह थपिदै गएको छ । पार्टीको केन्द्रिय नीति ,बिचार,सिद्धान्त र विकासका एजेन्डा काठमाडौ बस्ने गुल्मेलीले गुल्मी मात्रै नभई देशभर पुराउने अपेक्षा सम्पर्क समन्वय समितिले लिएको छ ।
कार्यक्रममा करिब एक हजार जना उपस्थित हुने अनुमान गरिएको छ । यसअघि सबै पालिका समन्वय समितिको भेला सकिएको सचिव अशोक खडकाले जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।