कोटेश्वर युवा क्लबद्वारा भाद्र ७ मा तिज गीत प्रतियोगिता आयोजना

0 355

महेश बोहरा, गुल्मी भाद्र १ ।।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा यस वर्ष पनि कोटेश्वर युवा क्लबले “समाज रुपान्तरण, युवा अभियान” भन्ने नारासहित भव्य तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको छ। प्रतियोगिता भाद्र ७ गते, कुशे औंसीको दिन मुसिकोट नगरपालिकाको वडा नम्बर ५ आपचौर मिमियाफाटमा हुनेछ।

क्लबले यस कार्यक्रममार्फत सामाजिक कार्यमा हातेमालो, गाउँमा सडक बत्ति जस्ता सरसफाई तथा सुरक्षा सम्बन्धी कार्य र परम्परा जोगाउने काम अघि बढाउने लक्ष्य राखेको छ। क्लबकी सचिव गङ्गा लामिछानेले भनिन्, “हामीले सामाजिक कार्यमा हातेमालो गर्दै, पार्टी, पौबा, पोल–पोलमा सडकबत्ति लगायतका सुधारमा योगदान गर्ने योजना बनाएका छौँ।”

ad

प्रतियोगितामा प्रथम हुने समुहलाई रु १६,००० र प्रमाणपत्र, द्वितीय हुने समुहलाई रु १२,००० र प्रमाणपत्र, तृतीय हुने समुहलाई रु ८,००० र प्रमाणपत्र, र सान्त्वना हुने समुहलाई रु ५,००० सहित सहभागी प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादव अर्यालले बताए।

क्लबका उपाध्यक्ष सन्तोष खरेलले भने, “गाउँका अग्रजहरुको सुझाव अनुसार लुकेका भाका, मौलिक गीत र नृत्य प्रदर्शन गरी गाउँलाई पर्वको वातावरण बनाउन यो कार्यक्रम आयोजना गरिएको हो। यसरी हामी आफ्नो परम्परा जोगाइराख्न चाहन्छौं।”

कार्यक्रम संयोजक महेश खरेलले जयजय कोटेश्वर समुह र सम्पूर्ण सहयोगीलाई धन्यवाद दिंदै, “धार्मिक कार्यक्रमदेखि समाजमा सचेतना जगाउने, पर्यटन प्रवर्धनात्मक कार्य अगाडि बढाउने, र कार्यक्रममा संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्ने योजना बनाएका छौं। आर्थिक र भौतिक सहयोगका लागि सबैलाई आग्रह गर्दछु,” भने।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।