चन्द्रकोट–५ ग्वाघामा ६० घरधुरीमा सुरक्षित खानेपानी विस्तार, सफा तथा स्वच्छ समुदाय घोषणा

0 23

महेश बोहरा, साउन २८ गुल्मी । चन्द्रकोट गाउँपालिका–५ ग्वाघाको धुवाँर्कमा सुरक्षित तथा स्वच्छ खानेपानी विस्तारसँगै समुदायलाई सफा तथा स्वच्छ समुदाय घोषणा गरिएको छ।

चन्द्रकोट गाउँपालिकाको नेतृत्वमा धुवाँर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको जनश्रमदान, पालिका तथा वडा साझेदारी र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहकार्यमा ४० लाख २६ हजार ७९३ रुपैयाँको लागतमा आयोजना सम्पन्न गरिएको हो।

आयोजनामार्फत ६० घरधुरीमा सुरक्षित तथा स्वच्छ खानेपानी विस्तार भएको र यसबाट ३८५ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ।

ad

कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी तथा वडा नं. ५ का वडाध्यक्ष पृथबहादुर कार्की लगायत स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोजनालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै धुवाँर्कवासीलाई सफा र स्वच्छ समुदाय घोषणासहित आगामी दिनमा खानेपानी तथा सरसफाइको दिगोपनामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।