पहिरो देखी विद्युत सम्मको जोखिममा मुसिकोटको जलुके गाउँ

0 196

गुल्मीको मुसिकोट नगरपालिका ३ को जलुके गाउँ पहिरो देखी बिद्धुत सम्मको जोखिममा रहेको छ। बर्खा लागे सङ्गै त्यहाका बासिन्दाको निद्रा हराउनु र मनमा त्रास जाग्ने गर्छ। गत हप्ता मात्रै अविरल परेको बर्षाले गर्दा टेक नारायण न्यौपानेको घर गोठमा माथी बाट आएको पहिरोले गोठ पुरिदा एक भैंसीको मृत्यु भयो भने गोठ पुर्ण रुपमा क्षति भएको थियो।
पीडित न्यौपानेलेलाई मुसिकोट नगरपालिकाबाट राहत स्वरुप पन्ध्र हजार सहयोग भएको थियो। ज्ञान बहादुर खडका,ओम प्रकाश खडकाको घर लगायत गाउँ नै यतिबेला पहिरोको उच्च जोखिममा रहेका छन। चुनावी समयमा मात्र त्यहाँ पुग्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई त्यहाको सबै बास्तबिकता थाहा पाउदा समेत मौन रहेका छन। त्यस वडामा नेकपा एमाले,नेकपा (माओवादी केन्द्र),नेपाली काङ्ग्रेस,नेकपा एकीकृत समाजवादी पार्टी त्यहाका सकृय राजनीतिक दल हुन। त्यस्तै जलुकेमा विद्युतको पनि समस्या बर्षौ यता त्यहाका नागरिकले झेल्दै आएका छन। काठेपोल कोहि पुराना भएर कुहिएका छन भने धेरै पल्टिँएका छन तर बडागाउँ सामुदायिक ग्रामीण विद्युत्तीकरण उपभोक्ता समितीलाई सबै जानकारी हुँदा समेत समिती मौन रहेको त्यहाका स्थानीयले गुनासो गरेका छन। जलुके जाने खिल्ली बरारुख जलुके रातामाटा मोटरबाटो अबरुद्ध भएको तीन महिना पुग्दा समेत मुसिकोट नगरपालिका ३ वडा कार्यालय बेखबर बनेको छ। ३ वडाका अन्य ठाउँमा मोटरबाटहरु सफा गरिदा त्यस गाउँमा अझै डोजर पुग्न सकेन छैन। चुनावमा सबै गर्न सक्ने जनप्रतिनिधि सहित राजनीतिक दलका प्रतिनिधिले बेवास्ता गर्दा त्यस गाउँका नागरिक पीडित माथी पीडित भएका छन। यहीँ किसिमले त्यस ठाउँको समस्यालाई प्राथमिकतामा नराख्ने हो भने भविस्यमा ठुलो दुर्घटना हुन सक्ने सोझै अनुमान गर्न सकिन्छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।