धुर्कोटले सेवाग्राहीलाई घुम्ती शिविरबाटै वडा स्तरसम्म सेवा प्रवाह गदै

0 268

धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ ।

गाउँपालिकाले वडा नम्वर तीनमा संचालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो भने २४ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै शिविरमा १२६ घरपरिवारका एक हजार ७५९ पशुपंक्षीलाई औषधि वितरण गरिएको थियो भने २१ पशुहरुको गोवर परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

ad


गाउँपालिकाले संचालन गरेको घुम्ती शिविरबाट ४२ जना ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो भने १० जनाले अपांग परिचयपत्रका लागि निवेदन दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले जानकारी दिए ।

वडा स्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूती भएको यहाँका स्थानीयहरुले जनाएका छन् ।
गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्य अनुसार नै शिविर संचालन गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

भुगोलको हिसावले गाउँपालिकाबाट टाढा रहेका वडा नम्वर १,२,३र ७ नम्वर वडाका नागरिकहरुलाई वडा र टोल स्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम अनुरुप कार्यन्वयन गरेको उनको दाबी छ । भुगोलको हिसावले टाढा रहेका वडाहरुलाई पहिलो प्राथमिकता दिने र अन्य वडाहरुमा पनि क्रमश आवश्यकताको आधारमा शिविर संचालन गर्ने पोखरेलले जानकारी दिए ।

स्थानीय सरकारको अनुभूती पालिका भित्रका नागरिकहरुलाई दिनका लागि आफुले दिन रात नभनी नागरिककै लागि समय खर्चिने पोखरेलको दाबी छ ।
यस्तै उनले ब्यबसायीक रुपमा कृषि र पशुपालनका माध्यमबाट युवाहरुलाई स्वदेशमानै आत्म निर्भर बनाउन सकिने भन्दै यस्ता अभियानलाई पनि गाउँपालिकाले प्राथमिकताका साथ राखेको जानकारी दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।