चन्द्रकोट वडा नम्बर १ दिब्रुङ्गमा निबर्तमान जनप्रतिनिधिलाई सम्मान

0 527

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निबर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पालिकाको वडा नम्बर १ दिब्रुङ्गमा सोमबार एक कार्यक्रमका बिच सम्मान तथा बिदाई कार्यक्रम गरिएको वडा अध्यक्ष तथा चन्द्रकोट गाउँपालिकाका प्रबक्ता घनश्याम खरेलले बताए ।
स्थानिय तह सदस्य निर्बाचन २०७४ मा निर्बाचित भै ५ वर्ष कार्यकाल पूरा गरेका जनप्रतिनिधिहरुलाई सम्मान तथा बिदाई गरिएको हो । कार्यक्रममा निबर्तमान वडा अध्यक्ष गोबिन्द बहादुर बलालले आफ्नो कार्यकालमा आफुहरुले सकेजती विकासका काम गरेको बताएका थिए । संघिय सरचना बनिसकेपछी पहिलो कार्यकाल भएको हुँदा केही समय सिक्नै बुझ्नै लागेको बलालले बताए । आफुहरुले आफ्नो क्षमता अनुसार जनताको काम गरेको उनको भनाई थियो । साथै अबका दिनमा निर्बाचित भै आएका जनप्रतिनिधिहरुलाई आफुहरुको ठाउँबाट आबश्यक सहयोग गर्ने बलालले बताएका छन ।


वडा अध्यक्ष घनश्याम खरेलले चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने बताएका थिए । उनले चुनाब लोकतन्त्रको सुन्दर पक्ष भएको हुँदा बिजयी र पराजय सामान्य कुरा भएको त्यसैले सबैसङ्ग आफुले सहकार्य गरेर काम गर्ने बताएका थिए । साथै पाँच वर्षसम्म अनुभव लिएका जनप्रतिनिधिहरुको सल्लाह र साथ लिएर अघि बढ्ने खरेलको भनाई थियो ।
खरेलले वडामा आफुहरुले सुरुवात गरेका केही महत्त्वपूर्ण आयोजना र कामहरुको बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।
कार्यक्रममा निबर्तमान कार्यपालिका सदस्य जमुना खरेलले आफ्नो अनुभव तथा शुभकामना मन्तब्य राखेकी थिईन साथै वडा सदस्य गोपाल अर्यालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम र वडाको समग्र विषय सहित स्वागत मन्तब्य वडा सचिब दुर्गा प्रसाद शर्माले राखेका थिए । कार्यक्रमको सन्चालन कार्यालय सहायक राजन सुनारले गरेका हुन ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।