आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

0 271

१५ साउन २०७९ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । यस्तै आज राति देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ad

प्रदेश १ र मधेस प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।