गुल्मीमा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ

0 118

नेपाल निजामती कर्मचारी संगठन गुल्मीले सहिद मनोज, झपेन्द्र र सुरेन्द्र स्मृति दिवसो अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सहिदको सम्झना र कर्मचारीहरुबीचमा आत्मियता बढाउन जिल्लामा कार्यरत कर्मचारीहरुबीच हाजिरी जवाफ प्रतियोगिता गरिएको संगठनका अध्यक्ष भिमप्रसाद खनालले जानकारी दिए । १० समृह सहभागी रहेको प्रतियोगितामा रेसुङ्गा नगरपालिकाका जमुना बस्नेत, शोभा पन्थी र सुर्य राना प्रथम भए ।
त्यस्तै जीवन घिमिरे, मनिषा दोमासे र भरतमणी त्रिपाठी द्धितिय, गोकर्ण प्रसाद पन्थी, पूर्ण बहादुर बस्नते र खगेन्द्र नेपाली तृतिय र दुर्गा नारायण जिसी, चेत नारायण कंडेल र डिल बहादुर थापा सान्त्वना भएको प्रतियोगीताको सहजकर्ता बोम अर्यालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जनताको सेवामा मन, वचन र कर्मका साथ लाग्न सवै कर्मचारीलाई आग्रह गरे । उनले नागरिकले कर्मचारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरेर सेवासंगैका रचनात्मक काममा पनि अगाडी बढ्न सुझाए ।

पौडेलले नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीले कर्मचारीहरुको साख जोगाउनकै लागि ज्यानको बलिदान गर्ने सहिदहरुको सम्झना गर्दै कर्मचारीहरुबीचमा गरिएको सृजनात्मक प्रतिस्प्रर्धाले आत्मियता अभिवृद्धि भएको बताए ।
त्यस्तै संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनीले सधै जनताको सेवासंगै कर्मचारीहरुका हक र अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने बताए । आस्था र बिचार फरक भएपनि हक र अधिकारको लागि कहिँकतैबाट प्रभावित नभएर जुट्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।