गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क शिक्षा कार्यान्वयन

0 1,163

सूर्य सुनार भदौ ०८ गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले भने माध्यामिक शिक्षा निःशुल्क दिने व्यवस्था लिएको थियो । सोही अनुसार गाउँपालिकाले नीति कार्यक्रममा भएको कुरालाई चासो दिइएर निःशुल्क शिक्षा कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । कुनै शिक्षक बिदा वा बिरामी पर्दा स्वयमसेवक शिक्षक खटाउने, यसै वर्षबाट बिद्यालय मर्च गर्ने हुँदा शिक्षकको समस्या गाउँपालिका भित्र नहुने खड्काको भनाई छ ।

गाउँपालिका भित्र शिक्षकको अभाव खड्किएमा गाउँपालिकाले व्यवस्थापन गर्ने हुँदा निःशुल्क शिक्षालाई कार्यन्वय गरिएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन् । गाउँपालिकाले शिक्षक बैँक स्थापन गर्ने कुवँरले बताइन् । जसको लागि कार्यविधी बनाउने प्रक्रिया अगाडी बढेको उपाध्यक्ष कुवँरले भनाई छ । आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ मा भर्ना निःशुल्क गर्नका लागी देखी नीति तथा कार्यक्रममा समावेश गर्ने गाउँपालिका उपाध्यक्ष कुवँरले बताइन् ।

इस्मा गाउँपालिका भित्र सामुदायिक विद्यालय ४३ र ४ बालविकास केन्द्र रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर कुवँरले जानकारी दिए । माध्यामिक विद्यालय ७ वटा, आधारभूत विद्यालय १० वटा, प्राथमिक विद्यालय २६ वटा र ४ बाल विकास गरी ४७ विद्यालय रहेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले यसै बर्ष देखि परिक्षा शुल्क, कक्षा ११ र १२ मा मासिक शुल्क र पाठ्य पुस्तक बापतको रकम गाउँपालिकाद्धारा निशुल्क गरिएको शिक्षा शाखा प्रमुख कुवँरले बताए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।