गुल्मीमा पहिरोले ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्धुत सेवा अवरुद्ध

नगरपालिकाको प्रशासकीय भवन जोखिमा

0 407

अजय खड्का
२० असोज, गुल्मी ।
अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पु¥याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ ।
तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पु¥याएपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्धुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।


पहिरोले ठूलै क्षति पु¥याएको र विद्धुत सेवा अवरुद्ध भएको केन्द्रका प्रमुृख इश्वर श्रेष्ठले बताउनुभयो । लगातार वर्षा भएकाले मर्मतमा समेत कठिनाइ भइरहेको छ । पानी रोकिन साथ मर्मत कार्य अगाडि बढाइने श्रेष्ठले बताउनुभयो ।


पहिरोले रेसुङ्गा नगरपालिकाको प्रशासकीय भवन पनि जोखिम भएको छ भने ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।