रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन

0 287

सूर्य सुनार २ कार्तिक गुल्मी
रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा सामाजिक सेवा र देश भक्तिको भावना र नैतिक शिक्षा सिकाउन जरुरी भएकाले स्कूलमा स्काउटको सुरुवात गरिएको स्कूलका प्रिन्सिपल योजन खत्रीले जानकारी दिए ।

रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा संचालन भएको ६ दिने स्काउट तालिम मंगलबार सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा स्कूलमा पनि स्काउट समिति गठन गरिएको थियो । कक्षा नौ मा अध्ययनरत विद्यार्थी पवन वि.क को नेतृत्वमा ३२ समिति निर्माण गरिएको छ । छात्र, छात्रा गरी ३२ जनाको सदस्य समिति रहेका छ । अब देखी स्कूलमा नियमित रुपमा स्काउट कक्षाहरु संचालन हुने स्कूलका प्रिन्सिपल खत्रीले जानकारी बताए ।

नेपाल स्काउको नियम अनुसार छात्रा तर्फ २ पेट्रोल र छात्र तर्फ २ पेट्रोल गरी कुल ४ वटा ट्रप तालिममा सहभागिता रहेका थिए ।
तालिमको अन्तिम दिन सम्पूर्ण स्काउट समूहद्धारा रुरुक्षेत्र ४ बलेटक्सारमा श्रृङ्गेश्रवर धाम, लेख मन्दिर सेरोफेरोमा सरसफाई समेत गरिएको थियो । तालिममा स्काउट मास्टर नवराज खरेल र स्काउट मास्टर विद्या खड्काले प्रशिक्षण दिएका थिए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।