गुल्मीको मुसिकोटमा जबर्जस्ती करणी आरोपित विक पक्राउ

0 190

गुल्मी । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका(१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

स्रोत स् ग्लोबल आवाज अनलाइन

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।