३.२ जिपिए भन्दा माथि ल्याउने ९६ जना विद्यार्थी रेसुंगा नगरपालिकाबाट सम्मानित

0 124

रेसुंगा नगरपालिकाले नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याउने ९६ जना बिद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ ।
२०७८ सालको एसइईमा नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा अध्ययन गर्ने ९६ जना बिद्याथीहरुलाई मासिक चार हजारका दरले सम्मान गर्दै चेक हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
रेसुंगा नगरपालिकाको नीति तथा कार्यक्रम अन्र्तगत कार्यविधि निर्माण गरी कक्षा ११ मा अध्धयन गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र बिद्यार्थी टिकाई राख्नका लागि आफूहरुले यस्तो नीति लिइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
यस कार्यक्रमले पछिल्लो समयमा बसाइँ सराइँको दरलाई पनि कम गर्न सक्ने र बिद्यालयमा बिद्यार्थीहरुको संख्या पनि नघटने बिश्वास नगरले लिएको छ ।
नगरप्रमुख पन्थीले नगरपालिका भित्रका बिद्यार्थीहरुलाई नगरभित्रै टिकाई राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरले हरदम प्रयास गरिरहेको दाबी गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।