पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले हात पा¥यो

उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालयले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

0 216

 

गुल्मी । गुल्मीको तम्घासमा संचालन भएको पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले जितेको छ । गत चार दिनदेखि चलिरहेको पुल्चोक कप छात्रा फुटबल को फाइनल खेलमा महेन्द्र नमुना माध्यमिक विद्यालयलाई ४-० गोल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले पराजित गरेको हो ।

कक्षा १० सम्मका ११ विद्यालय सहभागी खेलमा सेमिफाइनल चरणमा सिद्धबाबा माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुल खेलेका थिए । जसमा पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलको लागि पक्का गरेको थियो । त्यस्तै सेमिफाइनल चरणमा महेन्द्र नमुना माध्यमिक विद्यालय र अर्जुन आवसीय इङलिस बोर्डिङ स्कुल खेलेका थिए । उक्त खेलको पेनाल्टी सुट आउटमा ६-५ गोल अन्तरले महेन्द्र नमुना माध्यमिक विद्यालयले अर्जुन बोर्डिङ स्कुललाई पराजित गरेको थियो ।

ad

त्यसपछि, पुल्चोक कप २०८० को फाइनलमा महेन्द्र नमुना माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलको लागि पक्का गरेका थिए । फाइनल खेलमा रिडर्स पब्लिक हाई स्कुलले महेन्द्र नमुना माध्यमिक विद्यालयलाई फराकिलो अन्तरमा आफूलाई पुल्चोक कप २०८० को उपाधि हासिल गराएको हो ।

पुल्चोक कप २०८० को बिजेता रिडर्स पब्लिक हाई स्कुलले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालयले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुल्चोक कप २०८० को उपाधि उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालय
पुल्चोक कप २०८० को उपाधि उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालय 

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।