चन्द्रकोटका पर्यटकीयस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री : श्रीपाली

0 576

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री  सुशीला श्रीपाली ठकुरीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार वाला चतुर्दशीको अवसर पारेर राज्य मन्त्री श्रीपालीले पर्यटकीय क्षेत्रको अवलोकन गर्नुभएको हो । चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ रेमीमा रहेको पर्यटकीय क्षेत्र टिमुरे ताल तथा वडा नम्बर १ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल दिब्रुङ्ग शिवालय मन्दिर, दिबु्रङ्ग दह, चक्रेश्वर मन्दिर लगायतका ठाउँको भ्रमण गर्नुभएको हो । साथै मन्त्री श्रीपालीले चक्रेश्वर मेलाको उद्घाटन तथा अवलोकन समेत गर्नुभएको छ । उहाँले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणका क्रममा अध्ययन अनुगमन गरेर आफु पर्यटकीय क्षेत्रको विकासका लागी प्रतिबद्ध भएको बताउनुभयो । भूगोल अनुसारको पर्यटकीय विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

ad

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी लगायतको जनप्रतिनिधिले मन्त्री श्रीपालीलाई स्वागत गर्दै चन्द्रकोटका महत्वपूर्ण एंव सम्भावित पर्यटकिय क्षेत्रको भ्रमण गराउनुभएको थियो । अध्ययन अनुसन्धान तथा आवश्यक पूर्वाधार निर्माणका लागि पर्यटकीय स्थलहरुको अध्ययन तथा अवलोकन सम्पन्न भएको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । पर्यटकीय हब निर्माणको लागि यो कार्य थालनी भएको अध्यक्ष केसीको भर्नाइ थियो ।

समग्र गाउँपालिकाको अध्ययन गरी दिगो र पर्यटन मुखी आन्तरिक एंव बहाय पर्यटक भित्र्याउन सकिने गन्तव्यको रूपमा चन्द्रकोटलाई विकास गर्ने र यहाँको कला संस्कृतिलाई साथमा राख्दै पर्यटन विकासमा जोड दिनुपर्ने उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला श्रीपाली ठकुरी, स्वकीय सचिव सन्ध्या पाण्डे, पर्यटन विकास परिषद् लुम्बिनी कार्यकारी निर्देशक रामु जोशी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री सहित गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल लगायत विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु सहितको टोलीले अवलोकन भ्रमण गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।