बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग

0 1,183

सूर्य सुनार पौष ०३ गुल्मी
बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल विकास समितिका सदस्यहरुले रकम उठाएर १५ हजार आर्थिक सहयोग गरेका हुन् । आगामी पौष ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सम्पन्न गर्न आर्थिक सहयोग गरेको क्लबका सल्लाकार शेर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य शेर बहादुर विश्वकर्माले कार्यक्रम सफलताको शुभकामना गर्दै युवाहरुको पक्षमा स्थानीय सरकार पनि साथमा रहेको उल्लेख गर्नुभयो ।
फोर्टिन स्टार युवा क्लवले समाजमा सकारात्मक काम संगै समाजको विकासको निम्ती हातेमालो गरेको हुँदा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितालाई आर्थिक सहयोग गरिएको टोल विकास समितिका अध्यक्ष भोजराज पराजुलीले बताउनुभयो ।

युवाहरुले गर्ने समाज परिवर्तनका कामहरुमा सबैको सहयोग हुनुपर्ने रेसुङ्गा नगरपालिका २ का वडाध्यक्ष हिरा बहादुर थापाले बताउनुभयो । युवाहरुले गर्ने काममा उनीहरुको साथमा रहियो भने प्रोत्साहन हुने विश्वास व्यक्त गर्नुभयो । साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै सहयोग गर्ने टोल विकास समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
फोर्टिन स्टार युवा क्लवका महासचिब नारायण आचार्यले क्लबले समाजमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो । क्लबले आयोजना गरेको कार्यक्रमलाई टोलविकास समितिले सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

ad

क्लबको १३ औँ वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमलाई सफल बनाउन देश तथा विदेशबाट पनि क्लबलाई आर्थिक सहयोग भइरहेको क्लबले जनाएको छ ।
क्लबले आज चिदिचौर खेलमैदानमा सरसफाई कार्यक्रम समेत गरेको छ । सामाजिक क्षेत्रमा क्लबले विगतदेखी नै सक्रिय रुपमा काम गदै आएको छ ।

 

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।