बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ ।
सो अवसरमा फर्वाड खबर डटकमले विशेष कार्यक्रम आयोजना गर्दै छ। फर्वाड खबरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर प्रथम फर्वाड मिडिया कप-२०८० तथा विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको फर्वाड नेपाल मल्टिपर्पोज कम्पनीका अध्यक्ष गोविन्द प्रसाद भुसालले जानकारी दिनुभयो ।
अध्यक्ष भुसालका अनुसार प्रथम फर्वाड मिडिया कप-२०८० अन्तर्गत क फर्वाड मिडिया टि टेन (10) क्रिकेट कप र फर्वाड फुट्सल कपको आयोजना गरिएको छ । भने कार्यक्रमको मुख्य प्रायोजकको रुपमा ग्यास्ट्रो सेन्टर बुटवल प्रा.लि रहने छ ।
यस्तै फर्वाड मिडिया टि टेन क्रिकेट कपको विजेता टिमले एघार हजार एक सय एघार रुपैया,कप,मेडल र प्रमाणपत्र पाउनेछ ।भने प्रथम पुरस्कार गुल्मी जिल्ला मदाने गा.पा.-२ बाँझकटेरी नीपाने निवासी करिब १० वर्ष देखि जापानको विभिन्न संघ संस्थामा कार्यरत, अहिले गुल्मली समाज जापान क्षेत्रीय समितिका वरिष्ठ उपाध्यक्ष श्री बाबुराम भुसाल ज्यु र उहाँकी श्रीमती सविता भुसाल ज्युले सौजन्य गर्नुभएको छ ।
यसैगरी फर्वाड मिडिया टि टेन क्रिकेट कपको उपविजेता टिमले आठ हजार आठ सय अठासी रुपैया,मेडल र प्रमाणपत्र पाउनेछ । भने दोस्रो पुरस्कार गुल्मी जिल्ला मुसिकोट न.पा.-५ तल्लाफाट निवासी लामो समयदेखि जापानमा रहनुभएका श्री कृष्ण खरेल ज्युले सौजन्य गर्नुभएको छ ।
यो संगै फर्वाड फुट्सल कप २०८० को विजेता टिमले पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ, कप,मेडल र प्रमाणपत्र पाउनेछ । भने विजेता पुरस्कर गुल्मी जिल्ला मदाने गा.पा.-२ बाँझकटेरी मुखार निवासी श्री निम्लाल भुसाल ज्यु र श्री हिरादेवी भुसाल ज्युले सौजन्य गर्नुभएको छ ।
प्रथम फर्वाड मिडिया कप -२०८० तथा विविध सास्कृतिक कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत समेत रहने कार्यक्रमका संयोजक घनश्याम पाण्डेले बताउनुभयो ।
यस वर्षको कार्यक्रम बुटवलको गोलपार्कमा अवस्थित बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुने फर्वाड खबरले जनाएको छ। कार्यक्रम बिहान ७ बजेदेखि साझ ७ बजेसम्म फर्वाड खबरको फेसबुक पेज र नेपालका विभिन्न टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हेर्न सकिने छ। टेलिभिजनहरुमा काठमाडौको शान्ति नेपाल टिभी एचडी र गुल्मीको बि टेलिभिजन एचडी रहेका छन् ।भने अझै अन्य जिल्लाका टेलिभिजनबाट पनि लाइभ गर्ने तयार गरेको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिनुभयो ।
सम्बन्धित