रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा मुत्युदाबी रकम हस्तान्तरण

0 141

प्रतीक खबर ब्यूरो, गुल्मी १६ बैशाख

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय तम्घास गुल्मीले मृत्युदाबी रकम भुत्तानी गरेको छ । बैशाख १४ शुक्रबार एक कार्यक्रमका बिच कार्यालय परिसरमा शाखाले रकम हस्तान्तरण गरेको हो ।

जिल्लाको इस्मा गाउँपालिका– २ राताडाँडा निवासी यस बहादुर घर्ती क्षेत्रीले यस गुल्मी शाखाबाट ५ लाखको विमाङ्क रकमको रिलायवल समुनाती जीवन बिमा १६ वर्ष अवधिको गराई उहाँले एक किस्ता मात्र बुझाउनु भएको थियो । सोही बापत हुन आउने रकम ५ लाख १०  हजार रुपैयाँ उहाँकी श्रीमती  इन्दा धर्ती क्षेत्री सहित उहाँको परिवारलाई रकम दिएको हो ।

ad

क्षेत्रीको उपचारको क्रममा मृत्य भएपछि बिमा बापत कम्पनीको नियम अनुसार पाउनुपर्ने रकम हकवाला बिमितकी श्रीमति इन्दा धर्ती क्षेत्रीलाई  रु  ५ लाख १० हजारको चेक हस्तान्तरण गरिएको छ।  सो रकम रेसुगा नगरपालिका –१ का अध्यक्ष  राम प्रसाद पन्थी लगायत जनप्रतिनिधिहरू सहित कार्यालयका कर्मचारीद्धारा हस्तान्तरण गरिएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय प्रमुख कृष्णा जिसी बस्नेतले सोही कार्यक्रममा बिमाको फाइदा साथै यसले समाजमा खेलेका सकरात्मक भूमिकाको बारेमा जानकारी दिनुभएको थियो ।

वडाध्यक्ष पन्थीले बिमाको महत्व र आवश्यकतालाई मध्यनजर गदै यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको बिचार राख्नुभएको थियो । नगरपालिका भित्रका टोल टोलसम्म बिमाको पहुँच पुराउन पर्ने भन्दै उहाँले यो अभियानमा सहकार्य गर्न वडा कार्यालय तयार रहेको बताउनुभयो । कार्यक्रममा सो कार्यालयमा कार्यरत इन्दिरा श्रेष्ठ, लगायत अन्य एजेन्सी म्यानेजर, जनप्रतिनिधी, समाजसेवी समेत सहभागी थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।