विद्यार्थीसंग अध्यक्ष कार्यक्रमबाट मालिकाका सयौं विद्यार्थी लाभाम्बित

0 96

सूर्य सुनार

बैशाख २२, गुल्मी

गुल्मीको जिल्लाको मालिका गाउँपालिकाले विद्यार्थीसंग अध्यक्ष कार्यक्रम सुरु गरेको छ । विपन्न अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्य सहित उक्त कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी गाउँपालिकाले समाधान गर्ने गरी उक्त कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिनुभयो ।

ad

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । पालिका भित्रका विद्यार्थीमने समस्या सुन्ने, विद्यार्थीलाई शैक्षिक सामाग्री,झोला र विद्यालयलाई खेलकुद सामाग्री वितरणको कार्यक्रमलाई तीव्र पारिएको अर्यालले बताउनुभयो ।

विद्यार्थीसंग अध्यक्ष कार्यक्रम मार्फत पालिका भित्रका ८ सय विपन्न,गरिब विद्यार्थीले शैक्षिक सामाग्री र ३ सय विद्यार्थीले झोला प्राप्त गर्नेछन् । आर्थिक बर्ष २०८० लाई मालिका गाउँपालिकाले शैक्षिक सुधार बर्षको रुपमा घोषणा गरेको थियो । गाउँपालिकाले शैक्षिक सुधार बर्ष अन्तर्गत नमुना युवा संसद अभ्यास,युवाको मुद्धामा वहस पैरवी,विद्यार्थी र अभिभावका गुनासो संकलन, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष र जनप्रतिनिधि र कर्मचारी विच करार सम्झौता,अभिभावकसंग उपाध्यक्ष र विद्यार्थीसंग अध्यक्ष लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।
ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी भर्नादरमा कमि,विद्यार्थीको स्रोत र साधानको अभावमा सामुदायिक विद्यालयहरुले आफ्ना क्रियाकलाप संचालन गर्न नसकेको अवस्थामा गाउँपालिकाले केही इट्टा थप्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकाश खनालले जानकारी दिनुभयो ।
शैक्षिक सुधार बर्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाले उपाध्यक्षसंग अभिभावक, विद्यार्थीसंग अध्यक्ष कार्यक्रम संचालन गरेको छ । यी र यस्ता कार्यक्रमबाट गाउँपालिकाले विगतका बर्षको तुलना यस बर्ष दोब्बरले शैक्षिक गुणस्तरमा सुधार समेत ल्याएको छ ।
विद्यार्थीले आफ्ना र विद्यालयमा भोग्दै आएका समस्या निर्धक्क भएर राख्न सकेमा पालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले सार्थकता पाउने वडाध्यक्ष भण्डारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विद्यालयमा आएर समस्या बुझेकोमा विद्यार्थी खुसी हुदैँ ११ र १२ कक्षामा निःशुल्क शिक्षाको माग गरेका छन् । गाउँपालिका भित्रका ५४ वटा सामुदायिक विद्यालयमा ४६ सय विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।
प्रत्येक बर्ष पालिकाले “हाम्रो मालिका” थप परिमार्जित गर्दै अगाडी बढ्न सकेमा विद्यार्थीलाई आफ्नो पालिका र समुदायका बिषयमा जान्न र बुझ्न थप टेवा पुग्ने थानापति निम्म माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर खड्काले बतानुभयो । विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यअनुरुप अभिभावक र विद्यार्थीको चाहाना अनुसार यसै शैक्षिक सत्रदेखि उक्त विद्यालयमा १२ वटा विदामा समेत विद्यालय संचालन गरिने अध्यक्ष खड्काले बतानुभयो । यसै बर्षदेखि उक्त विद्यालयमा नेपाली र अंग्रेजी दुवै भाषा पढाउन थालिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।