अनिल खत्री
२० जेठ, गुल्मी । गुल्मीमा हावाहुरीले रूख ढलेर घरमा क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मोहोराइमा मीना कुँवरको रूख ढलेर घरमा पुग्दा क्षति भएको प्रहरीले जनाएको छ ।
कुँवरको टिनले छाएको तिन तले कच्ची घर नजिकै रहेको पिपलको रुख हावाहुरीले ढल्न जाँदा घर च्यापिएको (छानो कच्याक कुचुक भएको) प्रहरीले जनाएको छ । रूख ढलेर घरमा क्षति भएको र मानबिय क्षेती भएको छैन ।