गुल्मीदरबार गाउँपालिकाको  ४५ करोड बढीको बजेट सार्वजनिक

0 245

अनिल खत्री

१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले  ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाले पन्ध्रौं गाउँसभामा आर्थिक वर्ष ०८१/ ०८२ का लागि ४५ करोड ९३ लाख ०८ हजार प्रस्तुत गरेकी हुन् ।

जसमध्ये चालुतर्फ ३४ करोड १५ लाख ८ हजार र पूँजिगततर्फ ११ करोड ७८ लाख रहेको छ । बजेटमा कृषि तथा पशुपालन, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा पूर्वाधार निर्माण, गुणस्तरीय स्वास्थ्य प्रवर्द्धन तथा पूर्वाधार विकासलाई बजेटमा मुख्य प्राथमिकता दिइएको छ ।

ad

त्यस्तै खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, क्रमागत आयोजनाहरुको निर्माण कार्यलाई निरन्तरता,रोजगारी सिर्जना, पर्यटन पूर्वाधार विकास रहेका छन् । सामाजिक समावेशिता र रुपान्तरण,

गुणस्तरीय, प्रभावकारी एवम् सर्वसुलभ सेवा प्रवाह बजेका मुख्य प्राथमिकता रहेका छन् ।

बजेटमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षिका प्रसुति हुँदा सट्टा शिक्षकको व्यवस्था गर्ने, हाम्रा विद्यालय हरियाली , सफा र सुन्दर विद्यालय बनाउन बजेट विनियोजन गरिएको छ । बाझिएको जग्गा उपयोग गर्न भूमि बैंक र महमा आत्मनिर्भर उन्मुख बनाउन मौरी प्रवद्दन कार्यक्रम सञ्चालन गर्न बजेटमा  समेटिएको छ ।

खानेपानी स्रोत संरक्षणका लागि एक वडा एक पोखरी निर्माण र डढेलो नियन्त्रणका लागि सल्लाका रुखहरुलाई वन कार्यालयसँग समन्वय गरि विस्थापित गरि फलफूल तथा अन्य बिरुवा रोप्न आवश्यक बजेट विनियोजन भएको छ । “हाम्रो विकास हाम्रै लागि, हाम्रो संरचना हाम्रो सम्पत्ती” भन्ने अभियान संचालन गरी सार्वजनिक संरचनाहरुको संरक्षण गर्दै वडा कार्यालयको सहयोगी संस्थाको रुपमा गठन भएका टोल विकास संस्था लगायतका संघ संस्थाहरुलाई परिचालन गर्न बजेटमा समेटिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।