गुल्मीको “टिमुरे सामुदायिक होमस्टे” सहित नेपालका तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा

0 59

सरकारले ४५औं विश्व पर्यटन दिवसका अवसरमा तीन होमस्टेलाई ‘वर्ष पर्यटन गाउँ’ घोषणा गरेको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले तीन होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको हो । जसमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित टिमुरे सामुदायिक होमस्टे सहित संखुवासभा सभापोखरी गाउँपालिका–३ त्रिवेणी बजारस्थित सभापोखरी सामुदायिक होमस्टे, धादिङ बेनीघाट रोलाङ गाँउपालिका–८ चैलिङ गाउँस्थित चैलिङ सामुदायिक होमस्टे रहेका छन । विश्व पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले शुक्रबार काठमाण्डौमा विशेष कार्यक्रमका विच नयाँ ग्रामिण पर्यटकीय गन्तव्य स्थल घोषणा गरेको हो ।


जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको टिमुरे तालको नामाकरणसँगै जोडिएको टिमुरे सामुदायिक होमस्टेले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय समुदायलाई आर्थिक फाइदा पुरÞ्याउन ठूलो मद्दत पुग्ने चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले ग्रामिण पर्यटकीय क्षेत्र घोषणाबाट टिमुरे सामुदायिक होमस्टेले आगन्तुकहरूलाई वास्तविक नेपाली ग्रामीण जीवनशैलीको अनुभव प्रदान गर्नुका अतिरिक्त सांस्कृतिक संरक्षणको क्षेत्रमा समेत ठूलो टेवा पुराउने विश्वास लिएको बताउनुभयो ।
समुद्र सतहदेखि १९५६ मिटर उचाईमा रहेको होमस्टेसँगै जोडिएको करिब २ हजार ४ सय बर्ग मिटर चौडाईमा फैलीएको टिमुरेको सुन्दर तालबाट गुल्मी लगायत विभिन्न जिल्लाका मनोरम हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । चन्द्रकोट गाउँपालिका धार्मिक, ऐतिहासिक र पर्या–पर्यटनको लागि संभावना बोकेको एक महत्वपूर्ण स्थानीय तहको रुपमा रहेको गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले टिमुरे सामुदायिक होमस्टेलाई ग्रामिण पर्यटकीय गाउँ घोषणाले त्यस क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटनको माध्यमबाट स्थानीय रोजगारीका अवसरहरु सृजना गर्न सकिने प्रचुर संभावना रहेको बताउनुभयो ।


आफैमा ऐतिहासिक महत्व बोकेको चन्द्रकोट गाउँपालिकामा ऐतिहासिक चन्द्रकोट मन्दिर, दिव्रुङ्ग शिवालय मन्दिर, किउँ, चक्रेश्वर, कौडे सत्यवती, शिद्धबाबा धाम, राम मन्दिर, अर्जेवा झरना, झुलेनी पार्क, लगायत एक दर्जन भन्दा बढी धार्मिक एवं पर्यटकीय स्थलहरु रहेका छन । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गरीे कला, संस्कृति र पर्यटनको क्षेत्रमा विभिन्न योजनाहरु अगाडि बढाउने जनाएको छ । पालिकाले स्थानीय कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्दै समृद्ध चन्द्रकोट निर्माणका लागि “जाउँ चन्द्रकोट, घुमौँ चन्द्रकोट” भन्ने अभियान समेत शुरु गरेको छ ।
“टिमुरे सामुदायिक होमस्टे”लाई ग्रामिण पर्यटकीय गन्तव्य घोषणा गरेसँगै चन्द्रकोटवासीहरुमा थप खुसि थपिएको छ । गाउँपालिकाले पनि “टिमुरे सामुदायिक होमस्टे” लाई ग्रामिण पर्यटकीय क्षेत्र घोषणा गरेकोमा शुक्रबार शुभकामना सन्देश मार्फत सबैमा धन्यबाद प्रकट गरेको छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।