वडाध्यक्षको लोभ लाग्दो कृषि कर्म

0 25

गुल्मीका एक जना वडाध्यक्षले जनताको सेवा सङै फुर्सदमा कृषि कर्म गरिरहनु भएको छ । किसान र कृषि पेसालाई प्रोत्साहन गरि गाउँलाई कृषि बाटै समृद्धि बनाउने उदेश्यका साथ निरन्तर कृषि कर्ममा लाग्नु भएको छ ।

उहाँ हुनुहुन्छ गुल्मीको सत्यवती गाउँपालिका १ का वडाध्यक्ष अर्जुन कनौजे । उमेरले ३५ वर्ष पुग्नु भएका कनौजे वडाध्यक्षमा मात्रै सिमित हुनुहुन्न जिल्लाको एउटा अगुवा किसानको परिचय समेत बनाउनु भएको छ । विगत १८ वर्ष देखि तरकारी खेती गर्दै आउनु भएका उहाँ वडाध्यक्षमा निर्वाचित भैसके पछि पनि आम नागरिकको सेवा संगै समाज रूपान्तरणका लागि निरन्तर कृषिकर्ममा खटिरहनु भएको छ । आफ्नो २० रोपनी सहित थप २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनु भएको छ । जसबाट वार्षिक १५ देखि २० लाख सम्म कारोबार हुने गर्द्छ ।

ad

सत्यवतीमा उत्पादित कृषि उपजको बजारीकरणको लागि कुनै समस्या छैन र वडाध्यक्ष नै कृषि कर्ममा लाग्दा यस वडाका मात्रै एक सय जना भन्दा धेरै किसान कृषिमा आबद्ध रहेका छन । आफू जस्तै देशभरका जनप्रतिनिधिलाई उत्पादनमा जोडिन उहाँ सुझाव दिनुहुन्छ ।

कृषि नीति र कर्ममा समेत जनप्रतिनिधिको अपनत्व रहेमा देशको कृषि नीति सफल हुने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नमराज भण्डारी बताउनुहुन्छ ।

कृषिबाट आत्मनिभर बन्ने ,जनतालाई प्रेरणा दिने र भ्रष्टाचार मुक्त समाज निर्माण गरि वडालाई कृषि बाटै समृद्धि बनाउने अठोट वडा अध्यक्ष अर्जनु कनौजेको रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।