अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत

0 22

गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन ।

धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र ताम्राकारले १७ वर्ष सम्म बिदेशी भुमिमा पसिना बगाउनुभयो । १७ वर्ष सम्म बिदेशमा पसिना बगाएर आर्थिक आर्जन गर्नु भयो र अहिले गाउँ फर्किएर बाँझिएको जग्गामा खुर्सानी खेती सङै बाख्रापालन व्यवसाय सुरु गर्नु भएको छ ।

यहाँको हावापानी सङै बजारिकरणको राम्रो सम्भावना भएको हुँदा २० रोपनी जग्गामा अकबरे खुर्सानीको खेती सुरु गरेको उहाँको भनाइ छ । प्रतिकेजी २५० रुपैयाँको दरले घरबाटै खुर्सानी बिक्री हुने र वार्षिक १५ लाख आम्दानी हुने ताम्राकार बताउनुहुन्छ ।

ad

उहाँको फर्म बाट अहिले तीन जनाले स्थायी रुपमा रोजगार पाउनु भएको छ भने आवश्यकता अनुसार अन्य स्थानीयले पनि रोजगार पाएका छन् । राज्यको सेवा सुविधाबाट बञ्चित भएका नव कृषि उद्यमीलाई कृषि ज्ञान केन्द्र गुल्मीले खोजी खोजी राहत र अनुदान दिने गरेको कार्यालय प्रमुख नवराज भण्डारी बताउनुहुन्छ ।

धुर्कोट गाउँपालिकाले पनि किसानलाई उसको माग अनुसार सहयोग गरिरहेको अध्यक्ष भुपाल पोखरेलको भनाईछ । उहाँले बजारीकरणको लागी गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

एउटा अकबरे खुर्सानीको बोटले तीन वर्ष सम्म उत्पादन दिने गर्दछ । वन्यजन्तुले नोक्सानी नपुराउने, लगानी कम र आम्दानी धेरै अकबरे खुर्सानीमा हुने उहाँको अनुभव छ । विदेशमा कमाएको सीप धन आफ्नै माटोमा प्रयोग गर्न अन्य युवालाई उहाँ सुझाउनुहुन्छ ।

गुल्मीमा कृषि तर्फ लाग्ने युवाहरुको सङ्ख्या बढिरहेको छ । राज्यले कृषिमा लागेको युवालाई कृषिमै टिकाईराख्न समय सन्दर्भ अनुसार कार्यक्रम ल्याउन आवश्यक छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।