गुल्मीमा अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला

0 10

सूर्य सुनार
पुस २४, गुल्मी
गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् ।
गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा अल्लोका कपडा बुन्ने र बेच्ने पुरानै रितिरिवाज हो । ग्रामीण क्षेत्रमा यत्तिकै खेर जाने सिस्नुका कपडा बनाउन महिलाहरूलाई राज्यले प्रेरित गरे सङै उनिहरुले व्यवसायिक रुपमा सुस्नुका कपडा बनाउदै आएका छन् । विगत ८ वर्ष देखि भार्सेमा लघुउद्यमको लागि साझा सुविधा केन्द्र स्थापना गरेर अहिले १४ जना महिलाले अल्लो बाट टोपी,गलबन्धी,सल,कोट र मजा बनाउदै आएका छन् । औसत एक मिटर कपडालाई एक हजार रुपैयाँमा बिक्री हुने इन्द्रकला काउचा बताउनुहुन्छ ।
सिस्नुलाई टिपे पछि सुकाउने ,धुने र पकाएपछी कपडा बुन्न सुरु गरिन्छ । फुर्सदको समय मिलाएर कपडा बुनेर पनि आय आर्जन गरिरहेको रामकुमारी दर्लामी बताउनुहुन्छ । यहाँ उत्पादन भएको अल्लोको कपडा गुल्मी सहित छिमेकी जिल्लामा समेत निर्यात हुने गर्दछ ।


यहाँका महिलालाई रोजगारी संग जोडन सत्यवती गाउँपालिका सङै घरेलु तथा साना उद्योग कार्यालय र तत्कालीन जिल्ला विकास समिति गुल्मीले विभिन्न कार्यक्रम गर्दै आए पनि नयाँ पुस्ताले यस तर्फ चासो नदिदा अल्लोको कपडा हराउदै जान थालेको पुराना पुस्ताकी टेनचना थापाको गुनासो रहेको छ ।


नयाँ पुस्तालाई अल्लो तर्फ आकर्षित गर्न तालिम,ज्ञान सीप र बजारीकरणको पुर्ण ग्यारेन्टी सत्यवती गाउँपालिकाले गरिरहेको अध्यक्ष टिकाराम पाण्डेको दावी छ ।
गाउँमै प्रशस्त अल्लो,बजारीकरणको राम्रो व्यवस्था भएको हुँदा यहाका स्थानीयलाई थप जागरुक गराई व्यवसायीक बनाउन सके खेरागएको अल्लोनै आम्दानीको मुख्य स्रोत बन्न सक्छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।