चन्द्रकोट – ८ तुराङ्गमा तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न

0 274

महेश बोहरा, भाद्र ४ गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका –८ तुराङ्गमा वडा कार्यालयको आयोजनामा मंगलबार  खुला तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख  आतिथ्यता रहेको थियो । सोही अवसरमा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री विशिष्ट अतिथि, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी,  प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल,  वडासदस्य, राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा १३ समूहले तीज गीत प्रस्तुत गरेका थिए । निर्णायक मण्डलको मूल्याङ्कनअनुसार दलित जनजागृति आमा समूह झुर्मले प्रथम स्थान हात पार्दा पोलारिस बोर्डिङ स्कुल मजुवा द्वितीय भएको छ ।  यस्तै कालाबगर आमा समूह, कालाबगर तृतीय र जनता बालनिकेतन माबि पिपलपाट सान्त्वना विजेता बनेको छ्। विजेताले क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

 

ad

कार्यक्रमकै क्रममा विभिन्न सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई वडा कार्यालयले विशेष सम्मानसमेत गरेको थियो ।

प्रमुख अतिथि सापकोटाले तीज पर्वले महिला दिदीबहिनीबीच एकता र सहकार्यको सन्देश दिने उल्लेख गर्दै चाडपर्व केवल रमाइलोका लागि मात्र होइनन्, यसले हाम्रो मौलिक संस्कृति जोगाउने र पुस्तादेखि पुस्तासम्म लैजाने काम  गर्ने दाबी गर्नुभयो ।

गाउँपालिका अध्यक्ष खत्रीले कार्यक्रममा देखिएको उत्साहले चन्द्रकोटको सामाजिक एकता अझ मजबुत भएको उल्लेख गर्नुभयो । स्थानीय स्तरमै यस्ता सांस्कृतिक कार्यक्रम निरन्तर हुनु अत्यन्त आवश्यक छ उहाँको भनाइ छ  ।

त्यसैगरी वडा नम्बर ८ का वडाध्यक्ष  एवं कार्यक्रमका सभाध्यक्ष वडा अध्यक्ष फणीन्द्रराज अर्यालले प्रतियोगितामा सहभागी सबै समूहलाई धन्यवाद दिँदै विजयी हुनु गौरवको कुरा  भएको तर सहभागिता नै सबैभन्दा ठूलो उपलब्धि  हुने दाबी गर्नुभयो ।  यसले महिलाको नेतृत्व र सहभागिता वृद्धि  गर्ने बताउनुभयो ।  कार्यक्रमको सन्चालन  ज्ञानोदय माबिका शिक्षिका  सितु  कार्कीले गर्नुभको  थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।