गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

0 269

रामकृष्ण कडेल , ७ जेठ, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्नुभएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतिनिधीले सपथ ग्रहण गर्नुभएको हो । शुक्रवार नवनिर्वाचित पालिका अध्यक्ष सरोज थापालाई गुल्मी जिल्ला मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनु भएको थियो। त्यसपछि अध्यक्ष थापाले शुक्रबार नै गाउँपालिका पुगि पदभार ग्रहण गर्नुभएको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले सुखी र समृद्ध गाउँपालिका बनाउन १० बुदे प्रतिवद्द्ता पत्र सार्वजनिक गर्नुभएको छ । उक्त प्रतिवद्दता पत्रमा भष्ट्राचार शुन्य सहनशीलता ,नागरिक केन्द्रित सेवा प्रवाह, पारदर्शिता ,नागरिकले स्थानीय सरकारको अनुभुत गर्ने गरि कार्यक्रम संचालन गर्ने ब्यवस्था मिलाउने ,निरन्तर जनताको साथमा रहने ,कर्मचारी लाई जिम्मेवार र कर्तव्यबोध गराई सुशासन कायम गर्ने ,सुखी र समुन्नत गाउँपालिका निर्माण गर्ने लगाएतको प्रतिवद्दता गर्नुभएको थियो । सोही अवसरमा गाउँपालिकाको वडा नम्बर १ बलुथुममा अति विभिन्न परिवार जुन परिवारमा खरको छानो बिद्दुत सेवा समेत उपलब्ध नभएको अति विभिन्न एक परिवारलाई नगद रु दस हजार प्रदान गर्दै अब बिपन्न परिवारलाई समेटेर थप कार्यक्रम तत्काल ल्याउने बताउनु भयो । नवनिर्वाचित अध्यक्ष थापाले पालिका उपाध्यक्षसँगै वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा निवर्तमान कार्यवाहक अध्यक्ष मिना पाण्डे , विभिन्न पार्टी प्रतिनिधि ,निवर्तमान जनप्रतिनिधि हरु , नवनिर्वाचित वडाध्यक्षहरु ,उपाध्यक्ष तारा थापा ढेगा अध्यक्ष सरोज थापा लगाएततले धन्यवाद एवम् प्रतिवद्द्ता मन्तव्य राख्नुभएको थियो ।

यस गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । ७ वटा वडा रहेको पालिकाको ४ वटा वडामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ भने ३ वटा वडामा एमालेले विजय हासिल गरेको छ । कार्यक्रममा गाउँपालिकाको पहिचान गित विमोचन कार्यक्रम ,गुल्मीदरबार दर्पण डकुमेन्टरि विमोचन, पुस्तिका विमोचन कार्यक्रम पनि सम्पन्न भएको थियो । जनप्रतिनिधिको स्वागत तथा सम्मान बिदाई मायाको चिनो प्रदान समेत गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका अधिकृत टङ्क पन्थीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।