गुल्मीमा आफ्नै श्रीमती बलात्कार गर्ने एक पुरुष प्रक्राउ

0 122

 

गुल्मी – गुल्मीमा आफ्नै श्रीमती बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर –४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएपछी उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभएको छ ।

उक्त महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब परिक्षक खरेलले जानकारी दिनुभयो ।

ad

पीडित र पीडक दुवैको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् । प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको खरेलले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।