प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले फरक क्षमता भएका विध्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विध्यालयमा अध्ययनरत २३ जना विध्यार्थीहरूलाई…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ। जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो…

गुल्मीमा ३३९ जना एचआइभी संक्रमित

मनु सुनार मनसुन गुल्मी मङ्सिर २६ । गुल्मी जिल्लामा ३३९ जना एचआइभी संक्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना,…

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल…

अर्घाखाँचीमा श्रीमतीले गरिन् ७७ वर्षीय श्रीमानको घाँटी थिचेर हत्या

बुटवल । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन्। बलबहादुर र लक्ष्मी बिच मंसिर २४ गते साँझ घरायसी…

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

काठमाडौँ,२६ मँसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको…

पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव सम्पन्न, पूर्वशिक्षक र उत्कृष्ट शिक्षकहरु सम्मानित

सूर्य सुनार, मंशिर २६ गुल्मी पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव…

चन्द्रकोटमा पौष १ र २ गते निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुदै

महेश बोहरा, मंसिर २६ चन्द्रकोट // गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । गाउँपालिकाले…

गुल्मीको मुसिकोटमा जबर्जस्ती करणी आरोपित विक पक्राउ

गुल्मी । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका(१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती…

इस्मामा जालपा देबीको मन्दिर बन्न सुरु

गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो । मन्दिरको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले शुक्रवार…