सदरमुकाम तम्घासका मुख्य सडकमै ज्यानमारा खाडल

0 205

गुल्मी सदरमुकाम तम्घासको मुख्य सडकमै ज्यानमारा खाल्डाहरु हुँदा सम्म मर्मतमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन् । जिल्ला प्रशासन कार्यालय अगाडी पछाडी र प्रहरी कार्यालयमा जाने मुख्य सडकमै ठुला ठुला खाडल रहेका छन् । सोही बाटो भएर दिनमा सयौ पटक ओहोर दोहोर गर्ने प्रहरी प्रशासन र नगरपालिका प्रमुखहरु देखेको नदेख्यै गरी आँखा चिम्लेर हिड्ने गरेको पाइएको छ । नगरपालिका भित्र सडक ,नाला , पार्क लगायत अन्य पुर्वाधारहरु निर्माण गर्नका लागि सुनिल समिर वान डाइरेक्सन जेभी तम्घासले गत चैत मसान्तसम्म सक्ने गरी कार्तिकमा संघिय आयोजना कार्यन्वय इकाई रुपन्देहीसंग सम्झौता गरेको थियो । कुल ८३ लाखमा ९भ्याट बाहेक० योजना सम्झौता भए पनि कार्य सम्पन्न गर्नुपर्ने अबधि बाहेक चार महिना सकिदा समेत तम्घासका सडकमा ज्यान लिने खाल्डा जस्ताको तस्तै रहेको छ ।

यता रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले निर्माण ब्यबसायीले काम नगर्दा समस्या भएको बताए । निर्माण ब्यबसायीलाई छिटो काम सम्पन्न गर्नका लागि आफूले दबाब दिदैँ आएको उनले दाबी गरे । सदरमुकाम तम्घासका मुख्य सडककै हालत यस्ता छन् भने गाउँजाने सडकहरुको अबस्था झन दयनिय भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए । सडक निर्माण तथा मर्मतमा सरोकारवालाहरुले ध्यान नदिएका कारण यस्तो समस्या आएको पाण्डेले बताए । आफूले पटक पटक प्रमुख जिल्ला अधिकारी र सरोकारवालाहरुलाई झक्झक्याउँदा पनि कानमा तेल राखेर बस्ने गरेको पाण्डेले बताए ।गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले निर्माण ब्यबसायीलाई जतिसक्दो छिटो काम गर्नका लागि ताकेता गरेको दाबी गरिन् । लगातार बर्षा भइरहेका कारण काम हुन नसकेको र बर्षा रोकिए लगत्तै खाल्डा खुल्डी पुर्ने काम गराएरै छाडने शर्माको दाबी छ ।
यता सो निर्माण कार्यका प्रमुख सुनिल पोखरेलले लगातार बर्षा भइराखेका कारणले ओभर ले तथा मर्मत गर्न नसकिएको बताए । बर्षा रोकिएको एक दिनमै काम सम्पन्न गर्ने गरी आफूहरु लागेको उनको दाबी छ । चैत मसान्त सम्म काम गर्न नसक्नुको कारण के भन्ने प्रश्नमा उनले कोभिडका कारण तोकिएको समयमा काम गर्न नसकिएको बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।