ससुराली गाउँ चोरी गर्ने ‘चोर ज्वाइँ पक्राउ

0 128

साढे दुई वर्ष अघि गुल्मीमा अनौठो प्रकारको चोरी काण्डमा संलग्न एक जना युवक शनिबार विहान फेरी चोरी काण्ड मै पक्राउ परेका छन् । साउन २७ गते राति घरमा कोही नभएको मौका छोपी धुर्कोट गाउँपालिका–४ जैसीथोकको बरबोटस्थित लक्ष्मीप्रसाद खनालको घरबाट कम्यूटर ल्यापटप आइरन लगाएतको सामग्री चोरी भएको थियो ।nअर्को दिनदेखि धुर्कोट प्रहरी चौकी प्रमुख असई लोकमान ताम्राकार लगाएतको टोली अनुसन्धानमा जुटेको थियो । सोही अनुरुप शनिबार बिहान ९ बजेको समयमा त्यस चोरी घटनामा संलग्न रेसुङ्गा नगरपालिका–३ भाडगाउँका २२ बर्षीय आशिष बिक र धुर्कोट गाउँपालिका–४ जैसीथोकका २२ बर्षीय शेरबहादुर बिकलाई उक्त सामग्री सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

यस्तो छ चोर ज्वाँई को चर्तिकला
आशिष बिक धुर्कोट गाउँपालिका–४ जैसीथोककी युवती विवाह गरेर उतै बस्न थाले पछि चोर ज्वाँईका रुपमा परिचित हुँदै आएका छन् । उनले धुर्कोटका धेरै ठाउँमा धेरै पटक चोरी गर्दै प्रक्राउ पर्दै र सजाय भोग्दै निस्किँदै आएका छन् । साढे दुई वर्ष अघि उनी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्ग टोलका मेघराज अर्यालको घरमा अनौठो लाग्ने चोरी काण्डमा संलग्न भए। आफूसहित ७ जनाको टोली लिएर अर्याल परिवार बुटवल गएको बेला चोरी गर्न पसे ।

आलिसान महल भित्र पसेपछि शान्दार तरिकाले किचन–बारमा सजाइएका ब्राण्डेड मदिराहरु छानी–छानी पिउन थाले । अरु साथीहरु विभिन्न सामग्री चोरी गरेर त्यहाँबाट भागी सकेको उनले मतलवै गरेनन् । उनले शानदार किचनको बसाई र मदिराको मातमा चोरी गर्न पसेको हुँ बेलैमा भाग्नु पर्छ भन्ने कुरा बिर्सिए । मदिराले लट्ठ नपर्नु अघि केहि ब्राण्डेड खालका मदिरा र अन्य सामग्री भने बाहिर लगेर लुकाई सकेका थिए।

ad

त्यस पछि सोही घरमा फर्केर पिउन थालेका उनी घरको मालिक जस्तै बनेर विलासी बन्न थाले । तीनतले पक्की घरका विभिन्न कोठाका विस्ताराहरुमा सयर गर्दै विहानपख छतमा उक्लेर चिसो हावा लिँदै ह्विस्कीको चुस्की लिँदै आनन्द लिइरहे । केहि बेरपछि गाउँवासीले लौरा र धाराहरु लिएर घर वरी–परी घेरा हाल्दा मात्रै बल्ल उनलाई थाह भयो कि आफू चोरी गर्न पसेको तर, बेलैमा भाग्न भुलेको कुरा । त्यसपछि उनी तल झरेर भित्रबाट चुक्कुल लगाएर त्यस अघि ठूलाबडाको शैलीमा बसेर मदिरा पिएको पलङ्ग शोफा मुनी लुकेर बसे । ‘बाहिर निस्की बाहिर निस्की भन्दै तलबाट मानिसहरु कराउँदा उनी निस्केनन् ।

जब प्रहरी आयो र ढोका खोल भन्यो तब भने उनी आफू सुरक्षित हुने ठानेर ढोका खोलेर प्रहरी सामु आत्मसमर्पण गरे । उनी पक्राउपछि जिल्ला कारागार गएर सजाय भुक्तानी गरि निस्केका थिए । त्यही अनौठो प्रकारको चोर काण्डमा संलग्न ब्यक्ति पछिल्लो यस काण्डमा पनि पक्राउ गरिएको डिएसपी पाण्डेले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।