राहात बोकेर पीडित परिवारकोमा सिडिओ शर्मा 

0 134

गुल्मी, १ भदौ
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले चटयाङबाट मृत्यु भएका परिवारको घरमै पुगेर राहत वितरण गरेकी छन् । इस्मा गाउँपालिका ४ दोहलीका रामबहादुर गन्दर्भको घरमै पुगेर राहत प्रदान गरिएको हो । गत साउन २७ गते चटयाङ लागेर राम बहादुरका ११ बर्षीय छोरा राहुल गन्दर्भको ज्यान गएको थियो । राम बहादुर आफु पनि घाइते छन् । उनीसहित चट्याङ लागेर घाइते भएका मालारानीका रुपा नेपाली र किस्मत नेपाली लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार गरेर घर फर्किएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट मृतक परिवार २ लाख र उपचारको लागि यातयात खर्च बापत ३ हजार प्रदान गरिएको छ । उनले घाइते परिवारको उपचार खर्चको लागि वडा कार्यालय र प्रहरी प्रतिवेदन माग गरेर प्रदेशमा पठाउने काम भइरहेको बताइन् । बिपन्न परिवारनै प्राकृतिक प्रकोपबाट पीडित भएको अवस्थामा राहतको लागि उल्टै खर्च गरेर प्रशासन पुग्नुपर्ने बाध्यतालाई आफुले सकेसम्म अन्त्य गर्न खोजेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । त्यस्तै सोहि अवसरमा कम्बल र खाद्य सामग्री पनि पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । मृतक परिवारलाई २० हजार र घाइते परिवारको उपचार खर्चमा सहजीकरण गर्ने इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । जिल्ला प्रशासन कार्यालयको टोलीसहित पीडित परिवारकोमा पुगेका बिष्टले शोकलाई शक्तिमा बदलेर नयाँ जीवनयापनमा लाग्न परिवारलाई आग्रह गरे । राहत वितरणमा प्रमुख जिल्ला अधिकारी शर्मासहित इस्मा गाउँपालिका प्रमुख÷उपप्रमुख, गुल्मी प्रहरी प्रमुख, सशस्प प्रहरी प्रमुख, गुल्मीपति, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो । टोलीले इस्मा कोभिड अस्पताल र आइसोलेसनको अवलोकन गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।