काँग्रेसद्धारा मुसिकोट नगरपालिका घेराउ,तालाबन्दीको चेतावनी 

0 124

सागर भण्डारी
गुल्मी,भाद्र १
नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नगरपालिका घेराउ गरेको छ । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार भ्रष्टचारमा लिप्त र भ्रष्टहरुको सरंक्षणमा लागेको भन्दै दबाबमुलक कार्यक्रम स्वरुप नगरपालिका घेराउ गरिएको काँग्रेसले जनाएको छ ।
नगरपालिकाको वडा नं २ का वडासदस्यले आर्थिक अनियमितता गरेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएको लगायत अन्य विभिन्न अनियमितताका विषयमा काँग्रेसले ध्यानाकर्षण पत्र बुझाए पनि नगरपालिकाले एकपल्ट पनि छलफल गर्ने वा अन्य आवश्यक प्रक्रिया अगाडी नबढाएपछि बाध्य भएर नगरपालिका घेराउ गर्नुपरेको नेपाली काँग्रेस मुसिकोट छाया सरकार प्रमुख झविलाल भण्डारीले बताए ।

सोही अवसरमा भ्रष्ट जनप्रतिनिधि राजिनामा दे,आर्थिक अनियमितता बन्द गर,खानेपानी र बिजुलीको व्यवस्था गर,कोभिड खोप दुरुपयोग बन्द गर लगायतका प्ले कार्ड बोकेर नाराबाजी र जुलुस समेत गरिएको थियो । नगरपालिकामा रहेका जनप्रतिनिधिहरुनै संलग्न भई गरिएका अनियमितताका विरुद्धमा कोभिड महामारीका बीचमा शान्तिपूणर् रुपमा आन्दोलनका कार्यक्रम गर्नुपरेको नेपाली काँग्रेस नगरकार्यसमिति सचिव मोहन घिमिरेले बताए ।

मुसिकोट नगरपालिका वडा नं २ का एक वडासदस्यले अनियमितता गरेको विषयमा ६५ जना स्थानीयले लिखित उजुरी दिँदा पनि नगरपालिकाले सुनुवाई नभएको र अन्य विभिन्न विषयमा आएका अनियमितताको निष्पक्ष छानविन गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन नगरपालिकामा दबाब मुलका कार्यक्रम गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका पूर्व सचिव हरिनारायण सापकोटाले बताए ।

ad

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव विष्णु कुमारी सापकोटाले लामो समयदेखि नगरपालिकामा भ्रष्टाचार हुँदै आएको भन्दै लामो समयदेखि काँग्रेसले टुलुटुलु हेरेर बसेको भएपनि चरम सिमा पार भएपनि आन्दोलनको थालनी गरेको बताईन् । उनले पत्रकारले आवाज उठाउँदा समेत नगरप्रमुखले गैह्रजिम्मेवारी उत्तर दिएको र भ्रष्टहरुको बचाउनमा नगरपालिका लागि परेको आरोप समेत लगाए । पहिलो चरणमा सामान्य दबाबमुलक कार्यक्रम गरिएपनि तमाम विषयमा निष्पक्ष छानविन गरि आरोपितहरुलाई कारबाही नगरेमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने र ५ दिन भित्र कुनै सुनुवाई नगरिएमा नगरपालिकामा ताला लगाउने चेतावनी समेत दिईन् ।

कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझीले अब पनि काँग्रेसले केही गर्दैन भन्ने सोँच राखेर सरकार अगाडी बढे त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटाले नगरपालिकाले पटक पटक आफ्ना मागहरुलाई वेवास्ता गर्दै आईरहेको भन्दै अब पनि टालटुल पार्ने काम गरिए कडा आन्दोलनमा उत्रिने र नगरपालिका तालाबन्दी देखि अख्तियारमा उजुरी सम्मका कार्यक्रम गरिने बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।