थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

0 90

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २ सय २९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ९० जना आईसीयू र १ सय ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ६१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।