गुल्मीमा बयस्क चितुवा मृत फेला

0 99

गुल्मीमा मृत चितुवा फेला परेको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो । मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखे पछि स्थानिय प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन बन कार्यायल गुल्मीमा जानकारी गराएको थियो । डिभिजन बन कार्यालय गुल्मीबाट सहायक बन अधिकृत पंकज कुमार ठाकुर सहितको टोलीले घटनास्थाल पुगी डिभिजन बन कार्यालय गुल्मीमा ल्याएको थियो । ६ फिट ४ इन्ज लामो करिब ३० केजीको चितुवालाई कार्यालय परिसरभित्र खाडल खनी ब्यवस्थापन गरिएको छ । २÷३ दिन अघि मरेको हुन सक्ने डिभिजन बन कार्यालय गुल्मीका सायक बन अधिकृत पंकज कुमार ठाकुरले बताए । वयस्क चितुवा के कारणले मरेको हो खुल्न सकेको छैन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।