जन्म दिनको खर्च कटौती गरी शैक्षिक सामग्री प्रदान

0 96

 

गुल्मीःउदय उच्च माध्यमिक बिद्यालयका भूतवूर्व बिद्यार्थी सुनिल थापाले त्यस बिद्यालयमा अध्यनरत आर्थिक अवस्था कम्जोर रहेका जेहेन्दार १० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको उदय उच्च माध्यमिक बिद्यालयको ६४ औ बार्षिकउत्सव अबसरमा उहाले शैक्षिक सामग्री प्रदान गर्नुभएको हो। जन्मदिनमा गरिने खर्चलाई कटौति गरी जेहेन्दार बिद्यार्थीलाई सहयोग गरेको सञ्चारकर्मी समेत रहनुभएका सुनिल थापाले बताउनुभयो ।

१० जना बिद्यार्थीलाई प्रति ब्यक्तिलाई एक दर्जन कापी, एक दर्जन पेन्सिल, एक एक वटा ज्यामिति लगायतका शैक्षिक सामाग्री बितरण गरिएको छ । आगामी दिनमा पनि यस्तै सहयोग गर्ने थापाले बताउनुभयो । साथै बिद्यालयले सहयोग गरेकोमा धन्यवाद प्रकट गरेको थियो । कार्यक्रममो उद्घाटन लुम्बिनी प्रदेशका पूर्व सामाजिक बिकाश मन्त्री सुदर्शन बराल र चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले पानासमा दियो बाली ब्यानर अनावरण गरेर गर्नुभएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि पूर्व बिद्यार्थी, पूर्व सामाजिक बिकाश मन्त्री एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफु प्रदेशको मन्त्री हुदाँ यस बिद्यालयलाई प्रदेश कै नमुना बनाउन सफल भएको बताउनुभएको थियो । यस्तै गुल्मी जिल्लामा पहिलो प्राबिधिक शिक्षालय बनाउन सफल भएको उल्लेख गर्नुभयो ।  यस्तै गाउँपालिका अध्यक्ष द्रोण खत्रीले गाउँपालिकाले शिक्षाको क्षेत्रमा धेरै लगानी गरेको बताउनुभयो । उहाँले बिद्यालयलाई मर्च गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । बिद्यालयका प्रध्यानाध्यपाक कृष्णकुमार गैरेले बिद्यालयको आय ब्यव र प्रगति बिरणको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।