गुल्मीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

0 178

गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ८० जनाको परिक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा मुसिकोट नगरपालिकामा ३६ जना, रुरुक्षेत्र गाउपालिकामा ८ जना, छत्रकोट गाउपालिकामा ६ जना, रेसुंगा नगरपालिकामा २ जना, धुर्कोट गाउपालिकामा १ जना, सत्यवति गाउपालिकामा १ जना र इस्मा गाउपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ७ जना पुरुष र ६ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १४ जना निको भएर डिस्चार्ज भएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।