गुल्मी जिल्ला सामाज यूकेद्वारा आशा अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

0 130

फागुन ०८, गुल्मी स् गुल्मी जिल्ला सामाज यूकेद्वारा आशा अपाङ्ग केन्द्र गुल्मी तम्घासलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आइतबार आशा अपाङ्ग केन्द्र गुल्मीको भवनमा एक कार्यक्रमको आयोजना गरी गुल्मी जिल्ला सामाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवालीले २ लाख १ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुल्मी जिल्लामा रहेको आशा अपाङ्ग केन्द्रलाई स्थापना कालदेखि हाल सम्म सहयोग गर्दै आएको गुल्मी जिल्ला सामाज यूकेप्रती आफू र आफ्नो कार्यालय ऋणी रहेको आशा अपांग केन्द्र गुल्मी प्रमुख गङ्गा रायमाझीले बताइन् । सहयोग गर्न्ने सस्थालाई सम्मान तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सङ्गै हातेमालो गरेर संस्था अगाडि बढ्ने रायमाझीले प्रतिबद्धता गरिन् ।

प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बिदेश बस्ने नेपालीको भावना जन्मभूमिसँग गुल्मी जिल्ला समाज यूके प्रत्यक्ष रुपमा जोडिएर सहयोग गरेको हुदाँ सबै प्रवासी लाई कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।गुल्मी जिल्ला समाज यूकले गुल्मीमा शिक्षा र स्वास्थ्यसँग जोडिने क्रियाकलाप र विपद् आइलाग्दा निरन्तर सहयोग गरिरहेको छ । भने उक्त संस्थाले रीडीमा एम्बुलेन्स हस्तान्तरण, बडा गाउँमा आगलागी हुँदा, लिम्घा र ठुलोलुम्पेकमा पहिरो जाँदा लगायतका क्षेत्रमा गुल्मी जिल्ला समाज यूकेले आर्थिक सहयोग गरिरहेको संस्थाका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञवालीले बताए ।

आशा अपाङ्ग केन्द्र गुल्मीले अपाङ्ग भएका ब्यक्तिलाई पुर्नस्थापित गर्दै फिल्डमा बिरामी चेकअप, किर्तिम हाट खुट्टा निर्माण , गाउँमा आपाङ्ग हुवील चियर बितरण तथा अपाङ्ग मैत्री संरचना , दैनिक फिजियोथेरापी सेवा लगायतका थुप्रै सेवा प्रदान गर्दै आएको छ ।सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवाली, नेपाली सेना संग्राम सार्दुल गुल्म गुल्मीका सह–सेनानी दयाराम ढकाल, नागरिक समाज गुल्मीका गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझी र पत्रकार पत्रकारको उपस्थिती रहेको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।