वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

0 84

९ चैत, गुल्मी । गुल्मीमा वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ निवासी किरण गिरी बुधबार दिउँसो वडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित वडिगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । वडिगार्ड खोलामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनसाग इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिइ खोजीकार्य भइरहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।