ओलीको अहंकारले एमाले पार्टी पतन बन्दै गएको छ : अध्यक्ष नेपाल

0 102

चैत १२ गुल्मी : पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले एमाले पार्टी पतन बन्दै गएको बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्लालेसमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै एकीकृत समाजबादीका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

देशमा स्थानीय तहको निर्वाचनको मिति नजिकिए सङ्गै देशभरबाट एमालेलाई धुलो चट्याएरै छाड्ने अध्यक्ष नेपालले बताए ।शहरी बिकाश मन्त्री तथा एकीकृत समाजबादी पार्टी सचीव राम कुमारी झाँक्रीले गुल्मीमा पनि गठबन्धन गरी सबै स्थानिय तहमा जित हासिल गरेर छाड्ने बताएकी छन् ।

 

ad

कार्यक्रममा बोल्दै शहरी बिकाश मन्त्री झाँक्रीले जिल्लाभित्र सबै पालिकामा एकीकृत समाजबादीको किल्ला बनाएरै छाड्ने बताएकी छन् । गुल्मी र अर्घाखाँची जिल्लाबाट १ हजार कार्यकर्ताको कार्यक्रममा सहभागीता रहेको थियो । विभिन्न राजनितीक दल परित्याग गरि सयौंको संख्यामा एकीकृत समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।