चन्द्रकोटमा माओवादी केन्द्रले केसीलाई अध्यक्षको उम्मेदवार बनाउने

0 156

हुमाकान्त पोखरेल
गुल्मी, १४ चैत : नेकपा माओवादी केन्द्र, चन्द्रकोट गाउँकमिटी, गुल्मीले आगामी स्थानीय तहको निर्वाचनमा युवा नेता युवराज केसीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको शनिबार बसेको बैठकले केसीलाई सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय सहित उक्त प्रस्ताव पार्टीको जिल्ला समन्वय समितिमा पठाएको छ । केसी हाल नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उनले समाजशात्र र राजनीतिक शात्रबाट स्नातकोत्तर उत्तिर्ण गरेका छन् । शिक्षण पेशा छोडेर उनी तत्कालिन जनयुद्धमा सहभागि भएका थिए । यसभन्दा अगाडी उनी पार्टीको जिल्ला कमिटी सचिवको जिम्मेवारी पनि सम्हालेको विद्यार्थी नेता घनश्याम खरेलले जानकारी दिए । केसीको उम्मेदवारीको प्रस्ताव पार्टीको प्रदेश कमिटीबाट अन्तिम निर्णय हुने माओवादी केन्द्रले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।