जवरजस्ती करणी गरेर फरार आरोपित पक्राउ

0 85

अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मीमा एक नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपितलाई पक्राउ गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका आरोपित ईश्वर बोहोरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।गत आशोज २७ गते जिल्ला गुल्मी गाउँपालिका मदाने वडानम्बर–२ स्थित बाझकटेरी भन्ने स्थानमा एक नाबालिकालाई जवरजस्ती करणी गरेको उजुरी प्रहरीकहाँ परेको थियो । जवरजस्ती करणी गरेर फरार रहेका आरोपित बोहोरालाई चैत २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए । पक्राउ परेका बोहोरालाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।