मुसिकोट नगरमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

0 117

अनिल खत्री
२४ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । बिहिवार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारि गरेको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।
खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्ज समेत रहेका छन् । उपप्रमुख पदमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरेको छ ।
उपप्रमुखमा कमला शर्मा, सिता भुसाल, गंगा श्रेष्ठको दावी गरेका छन् । नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालले अध्यक्ष उपाध्यक्ष जीतेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।