भयरहित वातावरणमा तोएिकै समयमै स्थानीय तहको निर्वाचन हुन्छ:  गृहमन्त्री खाँड

0 132

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले भयरहित वातावरणमा तोएिकै समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । गुल्मी उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सबको उद्घाटन गर्दै मन्त्री खाँडले तोकिएकै समयमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । उहाँले निर्वाचनलाई भय रहित वाताबरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो । निर्वाचनलाई स्वच्छ र भयरहित वाताबरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर मतदानमा सहागी हुन सबै नागरिकहरुलाई उहाँले आग्रह समेत गर्नु भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले निर्वाचनमा भाग नलिने दलहरुलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सबको उद्घाटन गर्दै मन्त्री खाँडले स्थानीय निर्वाचने जनतालाई शक्तिसाली बनाउने बताए ।
उहाँले निर्वाचनलाई भय रहित वाताबरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो । पहिलो कार्यकालमा योगदान पुराउने जनप्रतिनिधीलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधीलाई उत्साह पूर्वक काम गर्ने बातारण बनाउनु पर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । महोत्सवले यहाँकोे उत्पादन र राष्ट्रिय उत्पादनलाई पनि परिचित बनाउने बताउनुभयो। उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको उल्लेख गर्नुभयो । उहाँले गठबन्धनको आधारशिलामा सरकार उभिएको बताउनुभयो । गुल्मी उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सब शुक्रबार देखि बैशाख ४ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।