गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0 103

अनिल खत्री
९ बैशाख, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थानपना भएको छ । निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयनका दर्ताको तालिका तालिम समेत सार्वजनिक गरेको छ । जिल्लामा दर्ता भएका दलहरु १६ वटा दललाई बिभिन्न समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । निर्वाचन सम्पन्न गर्न धेरै चुनौती रहेको उप्रेतीले बताए । निर्वाचनमा मतदातालाई कसरी उत्साहपूर्वक सहभागिता गराउने चुनौती रहेको बताए । मतदानमा मतपत्र धेरै हुने सम्भावना रहेकाले दलहरुले मतदाता शिक्षालाई सशक्त भूमिका खेल्न आग्रह गरे । मतपत्र कम बदर गराउन दलहरुले बिशेष भूमिका खेल्न आग्रह गरे । मतदाता शिक्षा दिन कार्यालयले पनि बिशेष किसिमले अभियान चलाउनु पर्नेमा जोड दिए ।

उम्मेदवारको मनोनय पत्र दाखिला गर्ने क्रममा रित पुराउनु पर्ने कुरा धेरै रहेको उप्रेतीले दलहरुलाई सुल्झाए बताए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको बताए । दलहरुले मनोनय दर्ताको दिन हुने कार्याक्रममा सुरक्षा निकायसँग समन्वय गरेर गर्न पौडेलले आग्रह गरे । निर्वाचनको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गाउँगाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दलहरुको मनोनयन तालिका सार्वजनिक
मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरुको मनोनयन तालिका सार्वजनिक गरेको छ । नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली काँग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

ad


त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ । मंगोल नेशनल अर्गानाइजेशन, नेपाली काँग्रेस वीपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जन समाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ । स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका १२ सथानीय तहमा निर्वाचन कार्यालय स्थापना भएको छ ।
२७९ मतदान केन्द्र स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २१५ जना महिला रहेका छन् ।


२ जना अन्य मतदाता रहेका छन् । जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७८८ जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् । निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।