ताराखोलामा निर्वाचन कार्यालयको स्थापना भएको छ । निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय ताराखोला गाउँपालिका बागलुङको कार्यालय विहिबार ताराखोला गापा केन्द्र भातखाने डाँडामा स्थापना भएको छ । स्थानीयत तहको निर्वाचन यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागी नेपाल सरकारले देशव्यापी रुपमा निवार्चनको लागी कर्मचारी पठाई कार्य कारबाही सुरु गरेको छ ।
ताराखोला गाउँपालिकामा राजनीतिक दल जनप्रतिनिधी तथा सम्बन्धी सरोकारवाला सम्पुर्णको उपस्थितीमा कार्यक्रम गरी कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापनाका प्रमुख अतिथी तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकास घर्तीले ताराखोलामा स्थानीय चुनाव यस बर्ष पहिले भन्दा सहज तथा शान्त वातावरणमा हुने बताउनु भयो । किनकी पहिलेको चुनावमा ताराखोला गाउँपालिकामा मोहन वैद्य किरण समुहको प्रभाव, विप्लप समुहको प्रभाव पर्ने गर्द थियो । राज्य सत्तानै स्वीकार नगरी वस्दाको अवस्था झेलेको हुनाले अहिले पहिले जस्तो समस्या नहुने बताउनु भयो । अहिले विप्लप समुह पनी स्वतन्त्र उम्मेदवारी दिने भएकोले चुनाव सौहार्द पुर्ण वातावरणमा हुने बताउनु भयो ।
नेपाल कम्युुनिष्ट पार्टी प्रशान्त रोकाले पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदावारी दिने बताउनु भएको थियो । कार्यत्रममा ताराखोला गाउँपालिकाको उपा अध्यक्ष दिलकुमारी पुन रोका नेपाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ताराखोलाको सचिव जिवन बस्नेत, नेपाली काँगे्रसका प्रतिनिधि कलमला पति पाठक नेकपा एमालेका ऋिषी राम रोका,नेपाल कम्युनिष्ट पार्टीका प्रशान्न रोका जनमुखी न्युजका सम्पादक खगेन्द्र विश्वकर्माले शुभकामना मनतव्य दिनुभएको थियो ।
शुभकामना मनतव्यमा सबै वक्ताले चुनावलाई शान्त तथा निष्पक्ष बनाउन लागी पर्ने बताउनु भएको थियो । निर्वाचन कार्यालयका अधिकृत उपन्याधिवक्ता गोपाल प्रसाद ढकालले जनताको मतदान गर्ने अधिकारलाई निश्चित गर्ने बताउनु भयो । कार्यक्रमा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा निर्वाचन कार्यालयका शाहायक निर्वाचन अधिकृत खिम बहादुर विकको स्वागत तथा नासु धर्मराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।