गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु

0 385

अनिल खत्री
२५ वैशाख, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ निवासी ४९ वर्षका ज्ञानकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)ं भिमबहादुर दाहालले बताए । आइतवार दिउसो बाख्रा चराउन तथा माछा मार्न भनि गएका कुमाल छल्दी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।